आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, October 21, 2021

भनिन्छ, इश्वर पनि एक अनि मानिस पनि त्यस्तै!

भनिन्छ, इश्वर पनि एक अनि मानिस पनि त्यस्तै! दुई छैन, हामी मानिस सबै अनि सधैं एकै! शृष्टिमा सबै भन्दा सुन्दर, उत्तम र उदेक लाग्दो एक प्राणी मात्र हो मानिस, उ संग दाजिने हकमा अरु कुनै प्राणी आउन सक्दैन !

तर दुख्ख लाग्दो कुरा यो छ कि उही मानिसले अर्को मानिसलाई मानिस भनि चिन्दैन र मानविय व्यवहार गर्न सक्दैन, तव मेरो मनमा लाग्छ हामी कुन मानव इतिहासको कुरा गर्दै छौं जहां कि आफ्ना छेउमा भएका नजिकको मानिसलाई मानिस भन्दैनौ किनकी आफ्नो व्यवहारले निच र तुछ देखाउँछौं! भनिन्छ कि परिवर्तनको खाँचो शिक्षाले देख्छ अनि बद्लाऊ ल्याउँछ तर शिक्षा पाउने मान्छे चिठी बोक्ने हुलाकी मात्रै हो भने, नत चिठी लेख्ने न कसैलाई पठाउने, तव ऊ भित्र के परिवर्तन आउछ? शिक्षा सिक्नलाई मात्रै हैन त्यसको प्रयोग र प्रचुरताको लाभ लिन र भावी सन्ततिलाई पनि दिन हो! परिवर्तनिय संसारमा सबै कुरा परिवर्तन र परिमार्जन हुँदै जान्छन तर हामी मानव भएर मानवको अस्तित्व माथि केहि कुराले प्रहार गरिरहेको देख्छौँ भने त्यो बिषय सम्बेदनशील हुन्छ जस को जरा तुरुन्त हटाइएन भने अलि अलि गरेर हट्दै जान्छ भन्नु एक व्यक्ति रक्सिको नस्सा मा जेलिसकेको छ यदि उसले नखाने हो भने उसका हातहरु र खुट्टाहरु थर थर काप्छ, अझ भन्ने हो भने ऊ रक्सिको पृवितिको नियम र सिमना भित्र बाँधीसकिएको र त्यस्कै शक्तिमा मात्र चल्न सक्छ भने ऊ त्यसको दास भैसकेको हो यधपी उसको दिमागले त्यो प्रयोग गर्नु ठिक होइन भन्ला तर त्यो बिना बाँच्नु सम्भव छैन भंदैछ, तव के अलि अलि गरि छाड्ला ऊ आफैले? होइन, जव सम्म पुर्ण त्याग गर्न लाई ऊ पुर्ण तयारी हुदैन तव सम्म यस्को जरा हट्ने छैन, त्यसैगरि आज हाम्रो समाजमा पनि धनको नाममा, जात्तिको नाममा, शिक्षाको नाममा, बल र शक्तिको नाममा र सुन्दरताको नाममा तिनै अर्को छेउको मानवलाई अवहेलाना, दुर्व्यवहार, अमानविय उपहास र अनगिन्ती लज्जाबोधका परिपाटी लधाउने काम नभएका छैनन र होइनन मात्रै हैन, यस्को नस्सामा परेका हरुले कुलत वानी उसको हो भनि मान्न र स्विकार्न सक्दैन तव मानिस भएर मानिसको अस्तित्व उसले के लाई मान्ने हो र लिने हो जव कि मानिसलाई मानिस भनेर बुझ्न सक्दैन, मात्र यति सक्छन समाजमा भिन्नता, विभाजन, गुट वन्धीको चक्र, नकरात्मक कुरालाई बढुवा दीइ राख्ने र सुन्दर समाज र सन्सारको सपना देख्नुको सट्टा सुंगुर लाई जत्ति नुहाईदिए पनि फेरि तेही फोहोर हिलोमा लडिबुडी गर्न जान्छ भने झैं उहि फोहोरी कुरा मानवमा छरिराख्छ, कहिले परिवर्तन आउंछ होला !!! आफूलाई मानिसको संज्ञा दिनु तर अरुलाई मानिस नगन्नू त्यो कति जायज को कुरा हुन सक्ला ! संज्ञाले मात्र पुर्ण मानिस जाहेर गर्दैन जव सम्म आफ्नो मानवताको अस्तित्व पहिचहान गरेर अरुलाई उहि व्यवहार गर्दैन ! हामी मानिस भएर सत्यलाई सत्य र असत्य लाई असत्य भन्न त्यही वेला सक्छौं जव मानव टठस्थको ख्याल गर्द छौं र मानवको अर्थ, उदेश्य, मान, मर्यादा, मुल्य र महत्व थाहा गर्द छौं! सोंचको परिवर्तनले संधै परिवर्तन ल्याउंछ भन्न सकिदैन तर मन भित्र बाट गरिएको पुर्ण निर्णयले चाहिं परिवर्तन अवश्य आउँद छ ! यतिकैमा बिट यहिं मार्न चाहें !!!

Thursday, October 07, 2021

श्रीमतीको मन पगाल्ने 29 वटा तरिकाः-

  1. -कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् ।
  2. -हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्‍याइदिनूस् ।
  3. -आफ्ना साथीभाइसित परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।
  4. -बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी
  5.  सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
  6. -तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
  7. -उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
  8. -उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
  9. -बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
  10. -फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
  11. -फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
  12. -आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।
  13. -उनलाई पन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
  14. -कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
  15. -टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।
  16. -उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।
  17. -प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
  18. -छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।
  19. -उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
  20. -तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर,
  21.  खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् ।
  22. -उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
  23. -उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
  24. -उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई ।
  25. -कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
  26. -अफिसबाट फकिर्ंदा चकलेट-सकलेट ल्याइदिनूस् ।
  27. -उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
  28. -भित्तामा उभ्याएर माया साट्नूस् ।
  29. -तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।


म बटुवा


म बटुवा होइन बाटो हुँ मलाई कहि पुग्नु छैन  

म यात्री होइन यात्रा हुँ मलाई कहि पुग्नु छैन ।

मलाई कसैले देखेन भन्ने दुख छैन मलाई 

हावाले बाँचेको मान्छेले पनि हावालाई देख्दैन

मलाई कसैले ओत दिएन भन्ने दुख छैन मलाई

जस्तै घाम पानीमा पनि रुखले छाता ओढ्दैन,

म माटोले बोकेको गर्व हुँ सूर्यले देखेको सपना, 

म नदिले जोडेको सम्बन्ध हुँ  हावाले भत्काएको सिमाना,

म आकाशले अँगालेको अस्तित्व  हुँ,

हार्ने म होइन म त हारेको मलाई देख्ने हुँ,

जित्ने म होइन म त जितेको मलाई देख्ने हुँ, 

हुने म होइन म त भएको मलाई देख्ने हुँ,

म तिम्रो किन हुनु पर्यो ? मलाई त आफ्नै हुनु छैन।

मलाई त उसको हुनु छ, जसको भइ सके पछि फेरि कसैको हुनु पर्दन  ।


Featured Post

नेपाल

  नेपाल, एक दक्षिण एसियाली देश हो, जसले भूतपूर्वीमा चीन, पश्चिममा भारत, दक्षिणमा भारत र पश्चिममा भूटानसँग साटो गरेको छ। यो एक संविधानिक संरच...

धेरै हेरिएको