भनिन्छ, इश्वर पनि एक अनि मानिस पनि त्यस्तै! दुई छैन, हामी मानिस सबै अनि सधैं एकै! शृष्टिमा सबै भन्दा सुन्दर, उत्तम र उदेक लाग्दो एक प्राणी मात्र हो मानिस, उ संग दाजिने हकमा अरु कुनै प्राणी आउन सक्दैन !
तर दुख्ख लाग्दो कुरा यो छ कि उही मानिसले अर्को मानिसलाई मानिस भनि चिन्दैन र मानविय व्यवहार गर्न सक्दैन, तव मेरो मनमा लाग्छ हामी कुन मानव इतिहासको कुरा गर्दै छौं जहां कि आफ्ना छेउमा भएका नजिकको मानिसलाई मानिस भन्दैनौ किनकी आफ्नो व्यवहारले निच र तुछ देखाउँछौं! भनिन्छ कि परिवर्तनको खाँचो शिक्षाले देख्छ अनि बद्लाऊ ल्याउँछ तर शिक्षा पाउने मान्छे चिठी बोक्ने हुलाकी मात्रै हो भने, नत चिठी लेख्ने न कसैलाई पठाउने, तव ऊ भित्र के परिवर्तन आउछ? शिक्षा सिक्नलाई मात्रै हैन त्यसको प्रयोग र प्रचुरताको लाभ लिन र भावी सन्ततिलाई पनि दिन हो! परिवर्तनिय संसारमा सबै कुरा परिवर्तन र परिमार्जन हुँदै जान्छन तर हामी मानव भएर मानवको अस्तित्व माथि केहि कुराले प्रहार गरिरहेको देख्छौँ भने त्यो बिषय सम्बेदनशील हुन्छ जस को जरा तुरुन्त हटाइएन भने अलि अलि गरेर हट्दै जान्छ भन्नु एक व्यक्ति रक्सिको नस्सा मा जेलिसकेको छ यदि उसले नखाने हो भने उसका हातहरु र खुट्टाहरु थर थर काप्छ, अझ भन्ने हो भने ऊ रक्सिको पृवितिको नियम र सिमना भित्र बाँधीसकिएको र त्यस्कै शक्तिमा मात्र चल्न सक्छ भने ऊ त्यसको दास भैसकेको हो यधपी उसको दिमागले त्यो प्रयोग गर्नु ठिक होइन भन्ला तर त्यो बिना बाँच्नु सम्भव छैन भंदैछ, तव के अलि अलि गरि छाड्ला ऊ आफैले? होइन, जव सम्म पुर्ण त्याग गर्न लाई ऊ पुर्ण तयारी हुदैन तव सम्म यस्को जरा हट्ने छैन, त्यसैगरि आज हाम्रो समाजमा पनि धनको नाममा, जात्तिको नाममा, शिक्षाको नाममा, बल र शक्तिको नाममा र सुन्दरताको नाममा तिनै अर्को छेउको मानवलाई अवहेलाना, दुर्व्यवहार, अमानविय उपहास र अनगिन्ती लज्जाबोधका परिपाटी लधाउने काम नभएका छैनन र होइनन मात्रै हैन, यस्को नस्सामा परेका हरुले कुलत वानी उसको हो भनि मान्न र स्विकार्न सक्दैन तव मानिस भएर मानिसको अस्तित्व उसले के लाई मान्ने हो र लिने हो जव कि मानिसलाई मानिस भनेर बुझ्न सक्दैन, मात्र यति सक्छन समाजमा भिन्नता, विभाजन, गुट वन्धीको चक्र, नकरात्मक कुरालाई बढुवा दीइ राख्ने र सुन्दर समाज र सन्सारको सपना देख्नुको सट्टा सुंगुर लाई जत्ति नुहाईदिए पनि फेरि तेही फोहोर हिलोमा लडिबुडी गर्न जान्छ भने झैं उहि फोहोरी कुरा मानवमा छरिराख्छ, कहिले परिवर्तन आउंछ होला !!! आफूलाई मानिसको संज्ञा दिनु तर अरुलाई मानिस नगन्नू त्यो कति जायज को कुरा हुन सक्ला ! संज्ञाले मात्र पुर्ण मानिस जाहेर गर्दैन जव सम्म आफ्नो मानवताको अस्तित्व पहिचहान गरेर अरुलाई उहि व्यवहार गर्दैन ! हामी मानिस भएर सत्यलाई सत्य र असत्य लाई असत्य भन्न त्यही वेला सक्छौं जव मानव टठस्थको ख्याल गर्द छौं र मानवको अर्थ, उदेश्य, मान, मर्यादा, मुल्य र महत्व थाहा गर्द छौं! सोंचको परिवर्तनले संधै परिवर्तन ल्याउंछ भन्न सकिदैन तर मन भित्र बाट गरिएको पुर्ण निर्णयले चाहिं परिवर्तन अवश्य आउँद छ ! यतिकैमा बिट यहिं मार्न चाहें !!!आजको अभिवादन
Message for you!
तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नेपाल
नेपाल, एक दक्षिण एसियाली देश हो, जसले भूतपूर्वीमा चीन, पश्चिममा भारत, दक्षिणमा भारत र पश्चिममा भूटानसँग साटो गरेको छ। यो एक संविधानिक संरच...
धेरै हेरिएको
-
बुटवल, जेठ ३१ लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवल...
-
जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्...
-
19 세기 말 한국에 서구 선교사들의 선교 활동이 시작 된 이후 한국에 기독교가 놀랍게 성장해 왔습니다 . 요즘은 한국에 4 명 중 1 명은 기독교 신자인 정도로 한국 개신교는 발전 되었습니다 . 선교는 여러 사람이 힘을 합하여 손을 잡고 해야 되는...
No comments:
Post a Comment