आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, October 07, 2021

म बटुवा


म बटुवा होइन बाटो हुँ मलाई कहि पुग्नु छैन  

म यात्री होइन यात्रा हुँ मलाई कहि पुग्नु छैन ।

मलाई कसैले देखेन भन्ने दुख छैन मलाई 

हावाले बाँचेको मान्छेले पनि हावालाई देख्दैन

मलाई कसैले ओत दिएन भन्ने दुख छैन मलाई

जस्तै घाम पानीमा पनि रुखले छाता ओढ्दैन,

म माटोले बोकेको गर्व हुँ सूर्यले देखेको सपना, 

म नदिले जोडेको सम्बन्ध हुँ  हावाले भत्काएको सिमाना,

म आकाशले अँगालेको अस्तित्व  हुँ,

हार्ने म होइन म त हारेको मलाई देख्ने हुँ,

जित्ने म होइन म त जितेको मलाई देख्ने हुँ, 

हुने म होइन म त भएको मलाई देख्ने हुँ,

म तिम्रो किन हुनु पर्यो ? मलाई त आफ्नै हुनु छैन।

मलाई त उसको हुनु छ, जसको भइ सके पछि फेरि कसैको हुनु पर्दन  ।


No comments:

Featured Post

नेपालको विस्तृत इतिहास

  नेपालको विस्तृत इतिहास १. प्रागैतिहासिक र किरातकाल (ई.पू. २५०० – ई. ३००) नेपालमा मानव बस्ती प्राचीन समयदेखि रहेको प्रमाणहरू भेटिएका छन्।...

धेरै हेरिएको