आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, October 05, 2023

बिदामा काम गर्दा तलब भुक्तानी दर

 सबैले चुसक रमाइलो गरि मनाउनु भो होला होइन त ?

यो पटक 2023 को चुसकको बिदा भोलि सेप्टेम्बर 28 बिहीबार देखि सेप्टेम्बर 30 शनिबारसम्म हुनुपर्ने थियो । यो बिदा अक्टोबर 3 गते राष्ट्रिय स्थापना दिवस बीचमा पर्ने सार्वजनिक बिदाको लागि कोरियन सरकारले कामदारको अधिकार सुनिश्चित गर्न अक्टोबर 2 सोमबारलाई अस्थायी सार्वजनिक बिदा तोकेको छ ।

1- यो बिदामा काम गरेमा बिदाको भत्ता पाइन्छ कि नाई ?
A. यो अस्थायी सार्वजनिक बिदा कोरियन बिदा सम्बन्धि नियम [धारा 2 को अनुच्छेद 11] अनुसार सरकारी कार्यालयको सार्वजनिक बिदासँग मिल्दोजुल्दो भएकोले सामान्य कम्पनीहरूमा पनि [धारा 55, श्रमनियमको अनुच्छेद 2 बमोजिम सशुल्क काम उपलब्ध गराउनु पर्नेछ।
तसर्थ, 5 जना वा 5 जना भन्दा बढी कामदारहरू भएको कम्पनिले बिदामा काम गरे भत्ता दिनु पर्ने नियम छ ।
2- यो बिदामा काम गर्दा तलब भुक्तानी दर के हुन्छ ?
A. बिदामा 8 घण्टा सम्म काम गरेमा नियमित तलबको 150% र 8 घण्टा भन्दा बढी काम गरेमा नियमित तलबको 200% भुक्तानी हुनुपर्नेछ ।
रातीमा काम र बिदाको काम सहित विभिन्न ओभरटाइम भत्ताको अनुसारले हिसाब हुनेछ ।
यद्यपि, पाँच भन्दा कम कामदारहरू भएका कार्यस्थलहरूलाई श्रम ऐनको धारा 56 को अनुसार यो बिदामा काम गरे पनि भत्ता प्राप्त गर्न सक्नुहुनेछैन।
सबैलाई चुसकको शुभकामना!

Featured Post

नेपाल

  नेपाल, एक दक्षिण एसियाली देश हो, जसले भूतपूर्वीमा चीन, पश्चिममा भारत, दक्षिणमा भारत र पश्चिममा भूटानसँग साटो गरेको छ। यो एक संविधानिक संरच...

धेरै हेरिएको