यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Tuesday, June 22, 2010

देशभन्दा ठूलो

जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट। अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई

१७ वर्षमुनिको उमेर समूहमा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै न्युजिल्यान्डका विङ्स्टन रिड डेनमार्कका लागि खेल्छन्।स्कटल्यान्डमा जन्मेका स्टुवार्ट होल्डेनसँग बेलायती पासपोर्ट छ, तर उनी अब अमेरिकी टोलीका सदस्य हुन्।





अमेरिकी फुटबल खेलाडी होल्डेन स्कटल्यान्डमा जन्मेका थिए। स्कटल्यान्डले उनमा रुचि देखाएन। त्यसपछि अमेरिकामा उनको प्रतिभाले पहिचान पायो। उनी बेइजिङ ओलम्पिकमा अमेरिकी टोलीका सदस्य बनेका थिए।



'म दस वर्षको छँदा अमेरिका गएको थिएँ,' होल्डेनले भने। उनमा अझ पनि स्कटल्यान्डको सभ्यता छ, जसलाई उनी बिर्सन सक्दैनन्।

फुटबलको मोहमा देश छाड्ने कथा नयाँ भने होइन। सन् १९५० मा इङ्ल्यान्डविरुद्ध अमेरिकाका लागि गोल गरेका गोएजेन्स हाइटीका मूल निवासी थिए। महान् फुटबल खेलाडी अल्फ्रेडो डी स्टेफानोले स्पेन, कोलम्बिया र आफ्नो राष्ट्र अर्जेन्टिनाका लागि फुटबल खेलेका थिए। हंगेरीका फेरेन्क पुस्कासले खेलजीवनको अन्तिम सयमतिर स्पेनको प्रतिनिधित्व गरे।
अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) को वर्तमान नियमअन्तर्गत दोहोरो नागरिकता भएका खेलाडीले उमेरको कुनै पनि स्थितिमा दुईमध्ये कुनै पनि राष्ट्रका लागि खेल्न सक्छन्। तर त्यो कुनै आधिकारिक खेल अर्थात विश्वकप वा युरोपियन च्याम्पियनसिप हुनु हँदैन।


हरेक शीर्ष खेलाडीको सपना विश्वकपमा खेल्नु हुन्छ। यस्तो अवस्थामा जुन देशमा खेलाडी हुर्कन्छन् त्यसैका लागि खेल्न सजिलो हुन्छ। कतिपय अवस्थामा टिममा स्थान पाउन पनि खेलाडीले देश परिवर्तन गर्न सक्छन्। भन्नैपर्दा फुटबलका लागि मरिहत्ते गर्ने ब्राजिलको तुलनामा डेनमार्कको टिममा स्थान बनाउन सहज हुन्छ। ब्राजिलमा उत्कृष्ट खेलाडीले पनि युवा टिममा स्थान भेटाउन सक्दैनन्। किनभने त्यहाँ प्रतिस्पर्धा धेरै हुन्छ। राष्ट्रिय महासंघले पनि आफ्नो मूलको खेलाडीलाई महत्व दिने भएकाले ब्राजिलमा बाहिरका खेलाडीले स्थान पाउन लगभग असम्भव नै छ।

अनि विश्वकप खेल्नुको अर्थ लगभग ९० लाख डलरको कमाइ हो जसलाई बिर्सन सकिँदैन। त्यसो त राष्ट्र परिवर्तन गर्नुको पछाडि व्यावसायिकबाहेक भावनात्मक कारण पनि हुन्छ। काकाउले ब्राजिलको बदला जर्मनीबाट खेल्न ठीक सम्झे। उनको यो निर्णय गरिबीबाट मुक्त हुन थियो। मेसुट ओजिलले जर्मनी र टर्की दुवैका लागि खेले। उनका मातापिता टर्कीका थिए। उनको जन्म भने जर्मनीमा भएको थियो।

No comments: