आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, September 30, 2010

कोरीया कोरीया

काठमाडौं, असोज १४
 रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षामा सहभागी भएकाको नतिजा बिहीबार सार्वजनिक भएको छ। भाषा परीक्षामा सहभागी भएका मध्ये ४ हजार १ सय ८० जना उत्तीर्ण भएका छन्।
दक्षिण कोरियाको भाषा परीक्षा भदौ १२ र १३ गते भएको थियो।

'भाषा परीक्षामा सहभागी भएका ३६ हजार १ सय
८१ मध्ये ४ हजार १ सय ८० मात्र उत्तीर्ण भएका छन्,' इपिएस नेपालका संयोजक महेश आचार्यले नागरिकन्युजसँग भने।
कोरियाले चार हजार कामदार लिने घोषणा गरेको थियो। भाषा परीक्षामा ४२ हजार ४७ जनाले आवेदन दिएका थिए भने परीक्षामा ५ हजार ५ सय ३९ सहभागी भएका थिएनन्। भाषा परीक्षामा सफल भएका कामदारको स्वास्थ्य परीक्षण, रोजगारीका लागि आवेदन फाराम भरेर रोस्टरमा राखिन्छ। कोरियाको रोजगारदाताले माग गरेको आधारमा रोस्टरमा रहेका नेपाली कोरिया जान पाउनेछन्।

अघिल्लो पल्टको केही कामदार गइसकेपछि अहिले छानिएका जान पाउनेछन्। अघिल्लो पल्टको झन्डै अढाई सय जान बाँकी छन्।

भाषा परीक्षामा सहभागीमध्ये उत्कृष्ट छनोट गरेर रोस्टरमा राख्ने र कोरियाको मानव संशाधन विभागले कामदार माग गरेपछि पठाउने प्रक्रिया थालिन्छ। कोरिया नेपाली कामदारका लागि आर्कषक गन्तव्य हो। थोरै पैसामा राम्रो कमाइने भएकाले कोरियामा आर्कषण बढेको हो।

कोरिया जाने कामदारले महिनाको झन्डै ७० हजार रुपैयाँ (९ सय अमेरिकी डलर) कमाउँछन्। त्यहाँ जान हवाई टिकटलगायत सबै खर्च जोड्दा ७० हजार रुपैयाँ भए पुग्छ। कोरिया जाने नेपालीले मासिक ७० हजारदेखि एक लाखसम्म सजिलै कमाउन सक्छन्।

नेपालले २००८ अगस्ट ११ देखि इपिएसअन्तर्गत कोरियामा कामदार पठाउन थालेको हो। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा गइरहेका छन्। त्यसअघि म्यानपावर कम्पनीले कामदार पठाउने गरेका थिए। निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिने प्रस्ताव गरेको हो।

No comments:

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको