आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Tuesday, June 15, 2010

कामदारको रहस्यमय मृत्यु, निवास तोडफोड, बुटवल तनावमा

बुटवल, जेठ ३१
 लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवलमा तनाव भएको छ। स्थानीय र पीडित परिवारले डक्टर परिवारले यातना दिएर हत्या गरेको भन्दै नाराबाजी र डा. निवासमा तोडफोडसमेत गरे। तोडफोडका क्रममा उत्तेजित भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनलाई पक्राउ गरेको छ। बुटवल वडा नं. १० स्थित कुसुमपथमा रहेको डा. सिंहको निवासमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गर्दा घरको झ्यालका शिशा फुटेका छन्।  प्रदर्शनकारी र प्रहरीबीचको झडपमा तीन प्रहरीसहित एक दर्जन घाइते भएका छन्।
घाइतेको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।एक वर्षयता डा. सिंहको घरमा बस्दै आएका सुवासको आइतबार साँझ मृत्यु भएको हो। मृतकका आफन्त र स्थानीयले डाक्टर परिवारले उनलाई चरम यातना दिएर हत्या गरेर झुण्डाएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्। सुवासकी आमा विष्णु चौधरीले पहिले पनि डाक्टर परिवारले यातना दिने गरेकाले छोरालाई यातना नै दिएर हत्या गरेको दाबी गरिन्।स्थानीय र पीडित परिवारको आरोपलाई डाक्टर परिवारले ठाडै अस्वीकार गरेको छ। डा. सिंहकी श्रीमती पविना सिंहले आफ्नै छोरा जस्तै गरी माया दिएर राखेर उसलाई विद्यालय भर्ना गरी पढ्न लगाएको बताइन्। सुवास स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत् विद्यार्थी हुन्।स्थानीय बासिन्दाले डा. सिंहको छोरा र गाडी चालकले कुटपिट गरी झुण्डाएको आरोप लगाएका छन्। तर डा. सिंहकी श्रीमती पविनाले साढे चार बजेसम्म सँगैं टिभी हेरेको सुवासलाई विद्यालयबाट घर आउनेबित्तिकै पाँच बजेतिर कक्षा ९ मा अध्ययनरत् छोरा आवासले झुण्डिएको देखेपछि गाडी चालक सुरेशले रसी फुकाएर अस्पतालमा उपचार गर्न लगेको बताइन्। ‘झुण्डिएको व्यक्तिलाई रसी फुकाएर बाँच्छ कि भनेर अस्पताल पुर्‍याउनु नै गल्ती हो कि?– उनले नागरिकलाई भनिन्। उनले सुवास अलि मुडी स्वभावको भएको बताइन्।सिद्धेश्वरी माध्यमिक विद्यालय कक्षा ४ की कक्षा शिक्षिका कमला खनालले सुवासले प्रायजसो गृहकार्य नगर्ने र तनावमा देखिने गरेको बताइन्। सुवासका बुबा चन्द्रिका चौधरीले छोराको मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्। उनले जाहेरीमा कसैलाई दोषी किटान गरेका छैनन्। रुपन्देहीको आनन्दवन गाविस–२ स्थित डा. सिंहकै खेत अधिया गरेर चौधरी परिवारले बिहान बेलुकीको छाक टार्दै आएको छ।इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर कार्कीले घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन गर्न प्रहरीलाई सघाउनुको साटो स्थितिलाई अनावश्यक उत्तेजित बनाएर घटनालाई अन्यत्र मोड्न खोजेको बताए। ‘घटनाबारे अनुसन्धान भइरहेको छ, डिएसपी कार्कीले भने– अनुसन्धानपछि सबै कुरा खुल्छ। अनुसन्धानक लागि प्रहरीले डा. रमेशमानसिंहलाई नियन्त्रणमा लिएको छ।शव लुम्विनी अञ्चल अस्पतालमा राखिएको छ। डा. सिंह सोही अस्पतालमा कार्यरत् भएकाले यहाँ पोस्टमार्टम गर्दा घटना अन्यत्र मोडिने र स्थिति उत्तेजित हुने भएकाले भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गर्ने तयारी प्रहरीले गरेको छ।

No comments:

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको