आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Friday, June 11, 2010

नेपालमा पनि स्वाइनफ्लुको भ्याक्सिन आउने


नेपाल समाचारपत्र, (काठमाडौं), 
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका तीन जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा साचार केन्द्रले जनाएको थियो। विश्व स्वास्थ्य संगठनले गत वर्ष जुन ११ मा एचवान एनवान महामारी घोषणा गर्दै सबै राष्ट्रका जनतालाई उच्च सतर्कता अपनाउनसमेत सचेत गरेको लगत्तै नेपालमा पनि स्वाइनफ्लु अर्थात्
एचवान एनवान भाइरस लागेका बिरामी फेला परेको र पछिल्लो समयमा चितवन माडीका एक महिला भक्तपुर जडीबुटीकी एक जना महिला र काठमाडौं एक जना महिलाको स्वाइनफ्लुका कारण मृत्यु भएको थियो।मृत्यु हुनेमा एक जना गर्भवती महिला पनि भएको बुझिएको छ।जाडो महिनामा बढी फैलिने स्वाइनफ्लु अर्थात् एचवा एनवान पाण्डेमिक लाग्नै नदिनका लागि के गर्ने भन्नेबारेमा विश्वसामु चुनौती देखा परेपछि पछिल्लो समयमा यसको भ्याक्सिन पत्ता लागेको छ। नेपालमा पनि यो भ्याक्सिन सेप्टेम्बर अगावै ल्याउन लागिएको परियोजना संयोजक डा। आनन्द श्रेष्ठले जानकारी गराउनुभयो। सेप्टेम्बर र नोभेम्बरमा गरी दुई पटक यो भ्या_िक्सन विश्वस्वास्थ्य संगठनको सहयोगमा नेपालको जनसंख्याको १० प्रतिशत जोखिम समूहमा रहेकालाई उपलब्ध गराउने भएको छ। तोकिएको प्रतिशतमा पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविका रहेका छन् भने दोस्रो प्राथमिकतामा गर्भवती महिला तेस्रोमा क्रोनिक डिजिज भएका व्यक्तिहरु र अन्त्यमा अति आवश्यकीय क्षेत्र खानेपानी विद्युत् टेलिफोनका क्षेत्रमा बढीभन्दा बढी जनसम्पर्कमा रहने व्यक्तिहरुलाई लक्षित गरेको श्रेष्ठले बताउनुभयो। खोप लगाउनुपर्ने व्यक्तिलाई लक्षित गरेर गाउँ गाउँसम्म पुर् याउन स्वयम्सेविकामार्फत स्वास्थ्यकेन्द्रहरुले गर्ने व्यवस्था मिलाएको पनि उहाँले जानकारी गराउनुभयो। लक्षितमध्ये कसैले लाउदिन भनेको खण्डमा कर नगर्ने पनि नीति रहेको छ। यसका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम महिला स्वयम्सेविका मार्फत गाउँगाउँमा पुर् याउने पनि उहाँले जानकारी गराउनुभयो। स्वाइनफ्लुका लागि दिइने ‘स्यानेफि पास्चर’ नामक भ्याक्सिन विश्व स्वास्थ्य संगठनको सहयोगमा ल्याइन्छ। सबै खाले भ्याक्सिनको सामान्य रुपमा नकारात्मक प्रभाव भएजस्तै यसमा पनि हुन सक्छ। त्यसैले रिपिटेसन टिम तयार पारेर खोप लगाउन अघि बढ्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनुभयो। ‘खोप लगाउनुको प्रमुख कारण रोग नै भित्रिन नपाओस् भन्ने नै हो’ -श्रेष्ठ भन्नुहुन्छ।

No comments:

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको