आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Friday, October 01, 2010

होसियार !!!!! फेसबूक फेसबूक>>>>

छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।

अध्ययनका अनुसार फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका मिडियाहरुले छिटो लत लगाइदिन्छ। लत लागेपछि यसले स्वास्थ्य र सम्बन्ध दुवैमा असर पारेर जीवनमा समस्या ल्याइदिन्छ।

युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक सातासम्म सो विश्वविद्यालयका सबै ८ सय विद्यार्थीहरुको अध्ययन गरेका थिए। सोसल मिडियाको लत लागू पदार्थको कुलत जस्तै हुने तथ्य उनीहरुको अध्ययनमा देखियो। लागू पदार्थको कुलत छाड्नलाई गाह्रो परे जस्तै उनीहरुलाई फेसबुकको लत छाड्न समस्या देखियो।

अनुसन्धानमा सहभागी एरिक डारले फक्स न्युजमा लेखेका छन्- अधिकांश विद्यार्थीहरुले लुकीलुकी चुरोट खाए जस्तै लुकीलुकी मोबाइलमा फेसबुक, ट्विटर हेरेको देखियो।

केही विद्यार्थीहरु त दिनमा २१ घण्टासम्म कम्प्युटर वा मोबाइलमार्फत् फेसबुक जस्तो साइटमा झुण्डिएको देखियो। यसको कारण साथी वा परिवारका सदस्यहरुसित गुणस्तरीय आमनेसामने कुराकानी गर्न समय नै थिएन उनीहरुसित।

अध्ययनपछि धेरै विद्यार्थीले सोसल साइटको कुलतले आफ्नो स्वास्थ्य शारीरिक र सम्बन्ध दुवै हिसाबले बिगारिरहेको महसूस गरे।

No comments:

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको