आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Wednesday, November 18, 2020

for you My love (19 years marriage anniversary)

 

तिम्रो र मेरो यात्रा तौलिहवाबाट शुरु भयो । भैरहवा हुदैं बुटवल अनि परासी हुदैं तिम्रो पुरानो घर फेनहरा बेलाटारी,,, मोबाइल भन्दा अघि 078 को लाईनले जोडेको त्यो लाईन सालको मुढाबाट शुरु भै भैरहवा क्याम्पस अनि बुटवल बहुमुखी हुदैं आज सियोलसम्म आई पुग्दा 19 बसन्तहरु पार गरिएछ । 

प्यारो मायाका चिनोहरु लवसन(LOVESON) एलिसन (ALISON) नै रहेछ हाम्रो यो संसारका बहुमुल्य धनराशीहरु

अझ आउने दिनमा ति सुनौला यात्राहरुमा त निश्चय नै तिम्रो साथहरुका अपेक्षा गरेकै छु बिताएको ति पलहरु अझै पनि झलझली आँखामा आइरहन्छन् । जानि नजानि साटेका ति सुमधुर पलहरु मुटूका कण कणमा रहेका नै छन् ।


भन्छन माया त्यो हो जहाँ व्यक्त गरिएका मायाभन्दा व्यक्त नगरिएका ति मुटूका धडकनहरु अझ बलियो हुन्छन् रे । सायद मलाई लाग्छ मबाट व्यक्त नगरिएका मायामा कोशिलीहरु हुन सक्छन् ति तिमीले निश्चय नै बुझ्छौ नै हौलि ।

हरेक पल साथ रहदाँ भन्दा साथमा नहुदाँ अझ बढी यादहरु छाती भित्र गुम्सिएर बसि राख्ने रहेछ । 


 to be continued.....

No comments:

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको