**** नयाँ अपडेट चै नभए पनि अहिलेसम्मको अपडेट ****
दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुले निश्चित मापदण्ड पूरा गरेमा F-2-7 (अंक प्रणाली आधारित उत्कृष्ट प्रतिभा) भिषामा परिवर्तन गर्न सक्ने व्यवस्था लागू भइरहेको छ। यो भिषामार्फत अधिकतम ५ वर्षसम्म बसोबास गर्न सकिन्छ।
F-2-7 भिषा अंक प्रणालीको आधारमा योग्य ठहरिएका विदेशीलाई RESIDENCY (F-2) दर्जा दिने भिषा हो। यो भिषा स्थायी बसोबास PR (F-5) तर्फ जाने मध्य चरण हो, तर स्वयं स्थायी बसोबास भिषा भने होइन।
निम्न समूहमा पर्ने विदेशी नागरिकहरुले आवेदन दिन सक्छन्।
* 상장법인 काम गर्ने व्यक्ति (상장법인 종사자)
* आशाजनक उद्योग क्षेत्रमा कार्यरत व्यक्ति(유망산업 분야 종사자)
* पेशागत/विशेषज्ञ पेशामा संलग्न व्यक्ति (전문직 종사자)
* अध्ययनसम्बन्धी प्रतिभाशिल (विद्यार्थी) (유학 인재)
* पूर्व-उत्कृष्ट प्रतिभा (예비 우수인재)
कुल ८० अंक वा सोभन्दा बढी भए आवेदन योग्य
* मूल्याङ्कनका मुख्य आधारहरु
* उमेर (जति कम भए अंक बढी)
* शैक्षिक योग्यता(मास्टर डिग्री)
* कोरियन भाषा क्षमता (TOPIK, KIIP 5 급, 5단계 필수)
* वार्षिक आय (GNI 이상)
अपराधिक रेकर्ड भएको
अध्यागमन वा कानुन उल्लंघन गरेको
रोजगारी प्रतिबन्धित क्षेत्रमा काम गरेको विवरण भएको
सरुवा रोग नहुनु पर्ने
आपराधिक पृष्ठभूमि प्रमाणपत्र अनिवार्य
Apostille वा दूतावास प्रमाणीकरण आवश्यक
अंकअनुसार १ देखि ५ वर्षसम्म भिषाको अनुमति
नवीकरण गर्दा पनि अंकको पूरा सर्त कायम हुनुपर्ने
अंक पूरा भयो भन्दैमा स्वतः भिषा स्वीकृत हुँदैन ।
→ दीर्घकालीन बसोबास स्थिरता, आयको निरन्तरता, पेशागत अवस्था आदिको समग्र मूल्याङ्कन हुने गर्दछ ।
→ जुवा, मनोरञ्जन तथा यस्तै विशेष पेशामा संलग्न विवरण भएमा(F-2-7 भिषा F-5 (स्थायी बसोबास) तर्फ जाने मार्ग हो ।)
निम्न सर्तहरु सबै पूरा गर्ने विदेशी नागरिकले F-2-7 मा परिवर्तन गर्न सक्छन्।द. कोरियामा कानुनी रुपमा बसोबास गरिरहेको व्यक्ति,
जस्तै: D-2, D-8, D-9, D-10, E-1~E-7 आदि
(E-7-4 बाट F-2-99, F-2-R मा जान मिल्छ।)
- अंक प्रणालीमा ८० अंकभन्दा बढी
- कानुनी र स्थिर आय/रोजगारी भएको व्यक्ति
- अपराध तथा अध्यागमन उल्लंघनको विवरण नभएको
- दीर्घकालीन बसोबास गर्न सक्ने क्षमता भएको मानिएको व्यक्ति
नोटः ८० अंक पुर्याउनलाई स्वयंसेवा गर्नु भएको छैन भने अंक नपुग्न पनि सक्छ।
No comments:
Post a Comment