Monday, July 5

श्रीमतीको मन पगाल्ने तरिका>>>>

- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस्
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा
 सर्‍याइदिनूस् ।
- आफ्ना साथीभाइसित
परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।


- बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी
 सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
- तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
- उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
- उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
- बाथरुममा बच्चालाई जस्तै शिरदेखि पंैतालासम्म 
नुहाइदिनूस् ।
- फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित
 यौनक्रियाकलाप गर्नूस् ।
- फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र
 छातीमा टाँस्नूस् ।
- आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।
- उनलाई पन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
- कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
- टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र
 लुगा फुकालिदिनूस् ।
- उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।
- प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
- छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।
- उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
- तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर,
 खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् ।
- उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
- उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
- उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउ
टा कपाल पुछ्नलाई ।
- कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
- अफिसबाट फकिर्ंदा चकलेट-सकलेट ल्याइदिनूस् ।
- उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
- भित्तामा उभ्याएर माया साट्नूस् ।
- तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको
 हातमा चुम्बन गर्नूस् ।

No comments:

go up