आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Wednesday, November 30, 2011

मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय


डायटिङ भन्ने बित्तिकै प्राय: मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय खाना कम खाने तथा व्यायामसँगै गर्ने भन्ने बिचार गर्छन, तर हालै हार्वर्ड बिश्वबिद्यालयको रिसर्चकर्ताहरुको टोलीले मोटापा घटाउने तथ्य सबैभन्दा असल उपाय पहिले व्यायाम गर्नु नै हो भनि पत्ता लगाएका छन् ।
शारिरीक गतिबिधि र खाने बानी बिच मिगुयल अलोंसो रिसर्चटोलीहरुका अनुसार एक-आपसमा गहिरो सम्बन्ध भएको बताउछन् ।
वजन घटाउनको लागि डेटाको बिश्लेषण अनुसार यो साबित भएको छ कि नियमित शारिरीक व्यायामका साथै खानाको पनि उत्तिकै जरुरी रहन्छ ।भला कि यदि तपाई व्यायामले शारिरीक वजन र खानको मेन्यु मिलाउन सक्नु भयो भने सफलतापूर्वक शरीरको वजन घटाउन सक्नु हुन्छ । साथै रिसर्चटोलीका अनुसार समय मिलाएर सधै व्यायाम गर्नाले शरीरमा बढी भएका बोसो मोटापा निष्कासन गर्न सकिन्छ ।

Tuesday, November 29, 2011

कोही लेख्छन

बाच्नकै लागी कोही लेख्छन गजल यहा
नाच्नकै लागी कोही लेख्छन गजल यहा

सीर्जना शक्ति के मेरो कम छ र ?
जाच्नकै लागी कोही लेख्छन गजल यहा
...
सोख धेरैको बिधा पिच्छे आफ्नो-आफ्नै अभिलेख
रच्नको लागी कोही लेख्छन गजल यहा

शोसक,सामन्तीको झाँगीएको जन्जीर
भाच्नको लागी कोही लेख्छन गजल यहा

Tuesday, November 22, 2011

गजल.....

सांझ बढ्यो मात चढ्यो, आवारा भए गल्लीहरु
न्यानो काख खोज्नेलाई, सर्बहारा भए गल्लीहरु।।


छुक छुक प्रभात सगै, राता, सेता,हरिया,पहेंला
दुई छाक टार्नेलाई ,सहारा भए गल्लीहरु।।

संसार मोहमा लिप्त भई, परिक्षा ठुलै दिनुपर्दा
दिनदहाडै भिड माझ, ज्यानमारा भए गल्लीहरु।।

शिर धेरै  बटुलिई,मेरै ठुला, बात मार्ने
आफ्नो जस्तै लाग्ने ,ढुङ्गेधारा भए गल्लीहरु।।
                                               
                              जितु बि.क द.कोरिया
 (  दोङदेमुन स्टेसन देखी AAMI   चर्च सम्मको
                गल्लीमा हुने घटना करम लाई बिषय मनेर)

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको