यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Friday, January 23, 2026

द. कोरियामा औद्योगिक दुर्घटना भएमा (산재처리 방법) के गर्ने ? (SANJAY GURUNG)

द. कोरियामा काम गर्ने क्रममा हुने चोटपटक, रोग वा मृत्युको अवस्थामा औद्योगिक दुर्घटना बीमा (산재) लागू हुन्छ। यो प्रक्रिया 근로복지공단 (कोरिया श्रम कल्याण संस्था) मार्फत गरिन्छ, जहाँ कामसँग सम्बन्धितता (업무 관련성) को औपचारिक जाँच हुन्छ।

🔹 दुर्घटना बीमा (산재) प्रक्रिया के हो?

कामको क्रममा भएको दुर्घटना वा रोगका लागि 요양급여 신청서, डाक्टरको 소견서 लगायतका कागजात पेश गरी कामसँग प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने कुरा 공단ले समीक्षा गर्ने प्रक्रिया नै 산재 हो।

दुर्घटना (사고): प्रक्रिया तुलनात्मक रूपमा छिटो (करिब 2 हप्ता–2 महिना)

रोग (질병): औसत 6–8 महिना, कहिलेकाहीँ 1–3 वर्षसम्म पनि लाग्न सक्छ

📌 산재 처리 절차 (प्रक्रिया)

1️⃣ आवेदन (접수)

근로복지공단मा आवेदन पत्र, चिकित्सकको 소견서, अस्पताल रेकर्ड बुझाउने

साहुको हस्ताक्षर वाअनुमति नभए पनि तपाईले आवेदन दिन सक्नु हुन्छ ।

2️⃣ 담당자 배정 तथा 조사

공단 담당자 तोकिएपछि कामसँगको सम्बन्धबारे तथ्य अनुसन्धान रोगको हकमा 특별 진찰 हुन सक्छ ।

3️⃣ 심의 (निर्णय)

업무상 질병 판정위원회 ले अन्तिम निर्णय गर्छ ।

암(क्यान्सर) को केस भने 서울 남부 통합 심사 मार्फत हुन्छ ।

4️⃣ 결과 통보 निर्णय सुचना

승인 वा 불승인 नतिजा SMS र हुलाक मार्फत जानकारी गराउँछ ।

승인 भएमा विभिन्न भत्ता आवेदन गर्न सकिनै हुन्छ ।

5️⃣ 급여 신청 भत्ता आवेदन

승인 पछि

요양급여 (उपचार खर्च)

휴업급여 (काम गर्न नसकेको अवधिको भत्ता)

장애급여 (अपाङ्गता भत्ता)

사망급여 (मृत्यु भएमा)

आवेदन गरी भुक्तानी प्राप्त

⏳ औसत 처리 기간 (समय)

업무상 사고: करिब 2 हप्ता ~ २ महिना

업무상 질병: औसत ८ महिना

न्यूनतम ६ महिना

जटिल केसमा २–३ वर्षसम्म

⏰ 신청 기한 (आवेदन)

사고 / 질병: 발생 वा 발병 भएको मितिबाट ३ वर्षभित्र

장해 / 사망: 발생 भएको मितिबाट ५ वर्षभित्र

📂 मुख्य आवश्यक कागजात

요양급여 신청서 (의사 소견서 सहित)

अस्पतालको 의무기록 प्रतिलिपि

사고 विवरण, कामसँगको सम्बन्ध प्रमाण (사고 경위서 आदि)

ℹ️ 참고사항 (महत्वपूर्ण जानकारी)

산재 प्रक्रिया ढिलो हुनुको मुख्य कारण

→ 의학적 조사, विशेष 진찰, 판정위원회 심의 ले समय लिनु हो

साहुले 산재 गर्दे पनि

→ कामदारले स्वतन्त्र रूपमा आवेदन गर्न सक्छ ।

साहुसँग सम्बन्धित अनुसन्धान र 의견 संकलन

→ 근로복지공단 ले आफैं गर्ने भएर तपाईले के होला भनेर चिन्ता लिनु पर्दैन । E-9 को हकमा कम्पनिले पेपर नदेला भनेर पनि नसोच्नु होला स्वत आफै साहुको अनुमति बिना नै काम छोड्न सकिन्छ । भिषा पनि आफु ठिक भए पछि आवेदन दिदाँ हुन्छ ।

🔎 अन्तमा,

कामको क्रममा भएको चोट, रोग वा दुर्घटनालाई लुकाउनु होइन, 법적으로 보장된 अधिकार प्रयोग गरेर समयमै 산재 आवेदन गर्नु नै सबैभन्दा सुरक्षित उपाय हो।

Thursday, January 22, 2026

द. कोरियाको F-2-7 (अंक प्रणाली आधारित उत्कृष्ट प्रतिभा) भिषा दक्षिण कोरिया | अध्यागमन समाचार

 

**** नयाँ अपडेट चै नभए पनि अहिलेसम्मको अपडेट ****
दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुले निश्चित मापदण्ड पूरा गरेमा F-2-7 (अंक प्रणाली आधारित उत्कृष्ट प्रतिभा) भिषामा परिवर्तन गर्न सक्ने व्यवस्था लागू भइरहेको छ। यो भिषामार्फत अधिकतम ५ वर्षसम्म बसोबास गर्न सकिन्छ।
📌 F-2-7 भिषा कस्तो भिषा हो त?
F-2-7 भिषा अंक प्रणालीको आधारमा योग्य ठहरिएका विदेशीलाई RESIDENCY (F-2) दर्जा दिने भिषा हो। यो भिषा स्थायी बसोबास PR (F-5) तर्फ जाने मध्य चरण हो, तर स्वयं स्थायी बसोबास भिषा भने होइन।
👥 कस–कसले यो भिषा आवेदन दिन सक्छन्?
निम्न समूहमा पर्ने विदेशी नागरिकहरुले आवेदन दिन सक्छन्।
* 상장법인 काम गर्ने व्यक्ति (상장법인 종사자)
* आशाजनक उद्योग क्षेत्रमा कार्यरत व्यक्ति(유망산업 분야 종사자)
* पेशागत/विशेषज्ञ पेशामा संलग्न व्यक्ति (전문직 종사자)
* अध्ययनसम्बन्धी प्रतिभाशिल (विद्यार्थी) (유학 인재)
* पूर्व-उत्कृष्ट प्रतिभा (예비 우수인재)
📊 अंक र आवश्यक सर्तहरु
कुल ८० अंक वा सोभन्दा बढी भए आवेदन योग्य
* मूल्याङ्कनका मुख्य आधारहरु
* उमेर (जति कम भए अंक बढी)
* शैक्षिक योग्यता(मास्टर डिग्री)
* कोरियन भाषा क्षमता (TOPIK, KIIP 5 급, 5단계 필수)
* वार्षिक आय (GNI 이상)
❗ अयोग्यता हुने अवस्था
अपराधिक रेकर्ड भएको
अध्यागमन वा कानुन उल्लंघन गरेको
रोजगारी प्रतिबन्धित क्षेत्रमा काम गरेको विवरण भएको
🏥 स्वास्थ्य र आपराधिक प्रमाण
सरुवा रोग नहुनु पर्ने
आपराधिक पृष्ठभूमि प्रमाणपत्र अनिवार्य
Apostille वा दूतावास प्रमाणीकरण आवश्यक
⏳ बसोबास अवधि र नवीकरण
अंकअनुसार १ देखि ५ वर्षसम्म भिषाको अनुमति
नवीकरण गर्दा पनि अंकको पूरा सर्त कायम हुनुपर्ने
⚠️ महत्वपूर्ण सूचना (유의사항)
अंक पूरा भयो भन्दैमा स्वतः भिषा स्वीकृत हुँदैन ।
→ दीर्घकालीन बसोबास स्थिरता, आयको निरन्तरता, पेशागत अवस्था आदिको समग्र मूल्याङ्कन हुने गर्दछ ।
→ जुवा, मनोरञ्जन तथा यस्तै विशेष पेशामा संलग्न विवरण भएमा(F-2-7 भिषा F-5 (स्थायी बसोबास) तर्फ जाने मार्ग हो ।)
✅ कुन–कुन भिषाले F-2-7 मा परिवर्तन गर्न सक्छन्?
निम्न सर्तहरु सबै पूरा गर्ने विदेशी नागरिकले F-2-7 मा परिवर्तन गर्न सक्छन्।द. कोरियामा कानुनी रुपमा बसोबास गरिरहेको व्यक्ति,
जस्तै: D-2, D-8, D-9, D-10, E-1~E-7 आदि
(E-7-4 बाट F-2-99, F-2-R मा जान मिल्छ।)
❌ अवैध बसोबासकर्ताले आवेदन गर्न सक्दैन।
- अंक प्रणालीमा ८० अंकभन्दा बढी
- कानुनी र स्थिर आय/रोजगारी भएको व्यक्ति
- अपराध तथा अध्यागमन उल्लंघनको विवरण नभएको
- दीर्घकालीन बसोबास गर्न सक्ने क्षमता भएको मानिएको व्यक्ति
नोटः ८० अंक पुर्याउनलाई स्वयंसेवा गर्नु भएको छैन भने अंक नपुग्न पनि सक्छ।

कोरियामा E-9 भिसा कार्यस्थल परिवर्तन सम्बन्धी जानकारी

दक्षिण कोरियामा E-9 (비전문취업) भिसामा काम गरिरहेका विदेशी कामदारहरूका लागि कार्यस्थल (사업장) परिवर्तनका सर्तहरू सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ।
कोरियाको विदेशी श्रमिक रोजगार प्रणाली (EPS) अनुसार, E-9 भिसा सामान्य अवस्थामा कार्यस्थल परिवर्तन गर्न कठिन हुन्छ। तर कानुनले तोकेको विशेष र वैध कारण भएमा अपवादस्वरूप कार्यस्थल परिवर्तन गर्न अनुमति दिइन्छ।
■ साहुको गल्ती भएमा परिवर्तन गर्न सजिलो
सम्बन्धित निकायका अनुसार, यदि कम्पनीको गल्तीका कारण समस्या उत्पन्न भएको छ भने कार्यस्थल परिवर्तन संख्या सीमाबिना स्वीकृत हुन सक्छ।
मुख्य कारणहरूमा तलब नदिनु, न्यूनतम ज्यालाको उल्लङ्घन, गालीगलौज वा कुटपिटजस्ता मानव अधिकार उल्लङ्घन, कामका सर्तहरु एकतर्फी परिवर्तन, औद्योगिक दुर्घटना तथा श्रम सम्झौता उल्लङ्घन पर्ने बताइएको छ।
■ कम्पनीको अवस्था बिग्रिएमा पनि परिवर्तन सम्भव
कम्पनी बन्द, व्यवसाय घटेर कर्मचारी घटाउनुपर्ने अवस्था वा व्यवस्थापन समस्याले काम निरन्तर गर्न नसक्ने अवस्थामा कामदारलाई अन्य कार्यस्थलमा स्थानान्तरण गर्न अनुमति दिइन्छ।
■ व्यक्तिगत कारणमा कार्यस्थल परिवर्तन गर्न मिल्ने सीमा अवधि
स्वास्थ्य समस्या, काममा अनुकूलन नहुनु वा अपरिहार्य पारिवारिक कारणजस्ता
व्यक्तिगत कारणमा गरिएको कार्यस्थल परिवर्तन भने ३ बर्षंको श्रम सम्झौतामा ३ पटक र १ बर्ष १० महिनामा २ पटकसम्म मात्र सीमित हुने हामीलाई थाहा नै छ।
यसका लागि सम्बन्धित प्रमाण कागजात अनिवार्य मानिन्छ र पनि साहूको अनुमति हुनु पर्दछ ।
■ कार्यस्थल परिवर्तन प्रक्रिया
कार्यस्थल परिवर्तन चाहने कामदारले पहिले रोजगार केन्द्र (고용센터) मा काम छोडेको ३० दिन भित्र गएर रोजगारीको लागि दर्ता र परामर्श लिनुपर्ने हुन्छ।
त्यसपछि आवश्यक प्रमाण कागजात बुझाएर स्वीकृति पाएपछि सामान्यतया ३ महिनाभित्र नयाँ काम खोज्न सकिन्छ। नयाँ कम्पनी भेटिएपछि श्रम सम्झौता गरी काम सुरु गर्न पाइन्छ।
■ स्वीकृति बिना काम छोडे गम्भीर समस्या
सम्बन्धित निकायले स्वीकृति बिना कम्पनी छोड्नु गैरकानुनी हुने भन्दै यसले गैरकानुनी बसाइमा परिणत गराउने र भविष्यमा भिसा नवीकरण तथा पुनःप्रवेशमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
■ परामर्श केन्द्रको सल्लाह
परामर्श केन्द्रहरूले “तलब नपाएको वा मानव अधिकार उल्लङ्घन भएको अवस्थामा कार्यस्थल परिवर्तनको सम्भावना उच्च हुन्छ, तर व्यक्तिगत कारणमा सीमितता हुने भएकाले प्रमाणसहित प्रक्रिया पूरा गर्न आवश्यक छ” भनी जानकारी दिएका छन्।