यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Tuesday, November 22, 2011

गजल.....

सांझ बढ्यो मात चढ्यो, आवारा भए गल्लीहरु
न्यानो काख खोज्नेलाई, सर्बहारा भए गल्लीहरु।।


छुक छुक प्रभात सगै, राता, सेता,हरिया,पहेंला
दुई छाक टार्नेलाई ,सहारा भए गल्लीहरु।।

संसार मोहमा लिप्त भई, परिक्षा ठुलै दिनुपर्दा
दिनदहाडै भिड माझ, ज्यानमारा भए गल्लीहरु।।

शिर धेरै  बटुलिई,मेरै ठुला, बात मार्ने
आफ्नो जस्तै लाग्ने ,ढुङ्गेधारा भए गल्लीहरु।।
                                               
                              जितु बि.क द.कोरिया
 (  दोङदेमुन स्टेसन देखी AAMI   चर्च सम्मको
                गल्लीमा हुने घटना करम लाई बिषय मनेर)

Wednesday, September 14, 2011

जनजाति अगुवाहरुको प्रोफाइल

रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको  सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।

Wednesday, September 07, 2011

छैन यो कोरियामा

नेपालमा सोचेजस्तो छैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
 ज्यान फालेर कामगर्नु त्यो पनि १२ घन्टा
 कस्ले भन्छ छ भनेर चैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन कोरियामा  ।।
कुराको मात्र पौरखीलाई हैन रैछ यो देश त
 बग्छ पसिना पग्ले सरि मैन यो कोरियामा
 पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
कहिलेकाँहि लाग्छ मेरो देश नि यस्तै होस्
 बराबर छ सबैलाई ऐन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
                         - जितु
                    दक्षिण कोरिया (देवदह)

Monday, August 22, 2011

एकान्त प्रेमी एक्लै रुन्छ

कविता
रुन्छ उ एकान्तमा

वेदना आँसू सँगै पिई दिन्छ

हाँसो छैन उसको जिन्दगीमा

उदास भै एक्लै हिडिदिन्छ,

कुन्नि कहाँ बिरायो उसले

आज पराजित भै आफैँसगँ

रुने भैगो एकान्त प्रेमी

कहिलेकाँही भन्भुनाउँछ आफैसँग

 भावनामा बग्छ ऊ

कल्पनामा रमाउँछ

 सपनीमा हाँस्छ ऊ

बिपनीमा रुन्छ,

 एकान्त प्रेमी एक्लै रुन्छ

जीवन भोगाईका गोरेटाहरु सम्झन्छ अनि

 एकान्त प्रेमी एक्लै रुन्छ                                    
       The Help                         - गणेश (बिवश) कालिकोटे
                                                  दक्षिण कोरिया

Saturday, August 20, 2011

कोरियाको समुद्र अनि नेपाली कामदार >>>>

पहाडी मुलुक नेपालले समुद्रलाई छोएको छैन । समुद्रको बसाइसम्बन्धी ज्ञान नभएका नेपालीलाई एक्कासि समुद्रमा लगेर काम गराउँदा पहिले सामुदि्रक हावाको चाप नेपालीको शरीरले थेग्न सक्दैन, परिणामस्वरूप रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन् । जसरी बढी उचाइमा पुग्दा लेक लाग्छ, त्यसैगरी समुद्रमा काम गर्दा समुद्र लाग्छ । अर्को कुरा नेपालबाट कोरिया आएका अधिकांश नेपाली भर्खरै विश्वविद्यालयको पढाइ सकेका वा पढ्दै गरेका विद्यार्थी छन् । तीमध्ये अधिकांश लाउन-खान पुग्ने परिवारकै सदस्य छन्, जसलाई कडाभन्दा कडा मिहिनेत गर्ने बानी परेको हुँदैन ।