यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Thursday, October 07, 2021

श्रीमतीको मन पगाल्ने 29 वटा तरिकाः-

  1. -कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् ।
  2. -हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्‍याइदिनूस् ।
  3. -आफ्ना साथीभाइसित परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।
  4. -बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी
  5.  सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् ।
  6. -तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् ।
  7. -उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् ।
  8. -उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् ।
  9. -बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् ।
  10. -फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् ।
  11. -फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् ।
  12. -आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् ।
  13. -उनलाई पन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् ।
  14. -कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् ।
  15. -टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् ।
  16. -उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ ।
  17. -प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् ।
  18. -छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् ।
  19. -उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् ।
  20. -तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर,
  21.  खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् ।
  22. -उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् ।
  23. -उनको वक्षस्थलको प्रशंसा गर्नूस् ।
  24. -उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई ।
  25. -कुराकानीका बीचमा 'आई लभ यू' भनिदिनूस् ।
  26. -अफिसबाट फकिर्ंदा चकलेट-सकलेट ल्याइदिनूस् ।
  27. -उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् ।
  28. -भित्तामा उभ्याएर माया साट्नूस् ।
  29. -तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।


म बटुवा


म बटुवा होइन बाटो हुँ मलाई कहि पुग्नु छैन  

म यात्री होइन यात्रा हुँ मलाई कहि पुग्नु छैन ।

मलाई कसैले देखेन भन्ने दुख छैन मलाई 

हावाले बाँचेको मान्छेले पनि हावालाई देख्दैन

मलाई कसैले ओत दिएन भन्ने दुख छैन मलाई

जस्तै घाम पानीमा पनि रुखले छाता ओढ्दैन,

म माटोले बोकेको गर्व हुँ सूर्यले देखेको सपना, 

म नदिले जोडेको सम्बन्ध हुँ  हावाले भत्काएको सिमाना,

म आकाशले अँगालेको अस्तित्व  हुँ,

हार्ने म होइन म त हारेको मलाई देख्ने हुँ,

जित्ने म होइन म त जितेको मलाई देख्ने हुँ, 

हुने म होइन म त भएको मलाई देख्ने हुँ,

म तिम्रो किन हुनु पर्यो ? मलाई त आफ्नै हुनु छैन।

मलाई त उसको हुनु छ, जसको भइ सके पछि फेरि कसैको हुनु पर्दन  ।


Friday, September 24, 2021

जीवन परिवर्तन गर्ने शब्द

 जसरी गोदाममा धान चामल भण्डार गरिएको छ भने गोदामबाट त्यहि धान चामलनै पाउनुहुन्छ र जौ गोदामबाट जौ नै आउँछ । हाम्रो हृदयमा जे भरिएका छन् हाम्रो बोलीबचनमा पनि त्यहि शब्दको रूपमा बाहिर आउँछ । तपाईले हृदयमा जे राख्नुभएको हुन्छ त्यहि तपाईको मुखबाट निस्कन्छ। के मेरो हृदयको गोदामहरू राम्रा र धार्मिक विचारहरूले भरिएका छन् ? म हरेक दिन मेरो मुटुको भण्डारमा जे हेर्छु र त्यसलाई राम्रो, असल, पवित्र आत्मा, पवित्र वचनले भर्दछु तब म आफ्नो मनलाई प्रेमको हृदय र असल हृदयले खोल्छु, र जब म बोल्दछु राम्रो कुरा जुन मेरो हृदयमा संकलित हुन्छ सँधै त्यहि बाहिर आउँछ। म आशा गर्दछु कि तपाईं र मेरो मुख खोल्दा तपाई र म अरूलाई खुशी पार्न, अरूलाई बचाउन र अरूलाई उठाउन सक्ने बोली आउने सन्तहरू हुनुहुनेछ ।

हामीहरु कति यस्ता पनि हुन्छौ जो नकारात्मक कुरा गर्छन जस्तै हुदैन तिमीले कहाँ गर्न सक्छौ कति छन त्यस्तो काम गर्ने कम्पिटेसन छ । मैले गरे भएन तिमीले कहाँ गर्न सक्छौ । त्त्यसताहरुबाट दूर बस जस्ले तिमीलाई आत्मबल घटाउछ । यस्तोसँग संगत गर जस्ले आत्मबल बढाओस् । 

मानिसका लागि आफ्नो हृदय र बिचारलाई पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो छ तर परमेश्वरले हाम्रो हृदय र दिमागी बिचारलाई नियन्त्रण गर्न अनुग्रह दिनुभएको छ। जब तपाईं आफ्नो हृदय र दिमागमा प्रभुमा सुन्नुहुन्छ, तपाईं शब्दहरूबाट प्रभावित हुन थाल्नुहुन्छ र तिनीहरुले तपाईलाई प्रभुत्व गर्नेछ।