यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Tuesday, January 12, 2021

Time & Me

समय र म 
भन्छन् बेला एक पटक आउछ समयले कुर्दैन घडीको सुई घुमी घुमी त्यही ठाँउमा आए झै मान्छेको जोवन एक पटक फेरि फर्केर आए फेरि त्यस्ता गल्तिहरु गरिदैन थ्यो होला । भेट्नु पर्नेलाई भेटिन्थ्यो होला । समय दिनु पर्नेलाई दिइन्थ्यो होला । चित्त दुखाइएकालाई फेरि माफ गर है भनिन्थ्यो होला ।  

सम्बन्धहरु फेरि बिगारिन्थे न होला । समय छनि भेटौला समय हुदाँ भन्दै जीवन कहिले टुन्गिने थाहा नहुने रहेछ । आज बल्ल थाहा पाए तिमी संसार मै रहेन छौ । अब आउदाँ तिमीसँग भेट्ने बिचार गरेको थिए । आमा सँग पैसा मागेर बिर्ता बजार गएर जुलेबी खाउला भन्ने सोचेको थिए तर तिमी त, जहिल्लै एक कदम अगाड़ी के बिहे पनि स्वर्ग पनि ।

तिमीलाई भेट्न जाँदा कुकुरले लखेटेको अझै याद आउछ यार । 
पन्डित बाजेको वरको बोटमा तिमी अगाड़ी हुदाँ मनमा कति कुरा हुदाँ नि बोल्नै सकिन नि हौ । समय हुदा नै बोल्न पर्छ रे भन्न पर्छ रे । तिमी नि बोलेनौ म नि बोलिन । समयलाई तिमीले नि बुझेनछौ । 

त्यसैले होला समयले पर्खिन्न भनेको, कति उस्तै दिनहरु र उस्तै रातहरु आए कति दिउसोहरु आए सबै एउटै नहुदाँ रहेछन् । एउटै लागे पनि कहि न कहि फरक त पर्दो रहेछ नै । देखा है पहेली बारमा तिम्रो घरको आगनमा नाचेको झल्झली याद आउछ नि । ति दिनहरु रमाइला नै थिए । 

रमाइला पलहरु भन्दा नि नरमाइला दिनहरु अझ बढी याद आउने रहेछन् । इमिली चोरेको बयर चोरेको आँप चोरेका दिनहरु मात्र सम्झना रुपी याद बनेर आउने रहेछन् । अब ति बदमासी गरेका दिनहरु फेरि गएर माफ माग्नु पर्ने । काश ति दिनहरु फेरि आउने भए

रोइनी खोला कस्तो भो होला, त्यो वरपिपलको बुटा पनि काटि सक्यो रे । हामी हिडेको ति आलीहरु पनि केहि छैन रे सब घर बनेर केहि छैन रे नामो निशान नै । तिमी हिलोमा लडेर स्कुलको ड्रेस हिलै हिलो भएको थियो नि त्यो दिन स्कुल जान ढिलो भएको नि । ए साच्चै तिमी त्यो स्कुलबाट देउसी भैलो खेलेको त्यो रात तिम्रो दाईले लिन नआएको भए तिमी कसरी घर जान्थ्यो होला है । 

समयले कोलाई कहाँ पुर्यायो तिमी बिहे गरि हाल्यौ म पढ्न शहर पसे पढाई SLC अनि IA हुदै डिग्रीसम्म पढे । र साथ साथै बिदेश पलायन भए । यतै सबै मेरो संसार बनाउन शुरु गरे । समयले कहाँ पुर्याउदो रहेछ । बितेका दिनहरु त फेरि फर्काउन सकिन्न तर बितेचा दिनहरुबाट धेरै कुरा सिक्न अवस्य सकिन्छ । तिमी जहाँ भए नि मलाई हेरेर ख़ुशी हुन्छौ हुदैनौ मलाई एकन त छैन । तर तिमीबाट धेरै कुरा सिकेको छु । पिडा भए नि ख़ुशी रहने तिमी सदा रमाइली छौ । रमाइली रहौ ख़ुशी रहेउ । 

गुनासो त एउटै मलाई जुन मैले पाए तिम्ले पाउन सकेनौ । समय हुदै तिमीलाई त्यो कुरा सुनाउन सकिन यहि नै मेरो निम्ति भूल भए झै लाग्छ । गल्ति भए झै लाग्छ १० बर्ष अघि घर जाँदा तिमीलाई मसँग भएको दिन पाएको भए । मलाई माफ गर  ल ढिलो भए म सधैं ढिलो सधैं ने सधैं नै सम्झि रहे मुटुभरिको सम्झना है P

Friday, January 01, 2021

2020 and Me


भन्छन् मिलन पछि बिछोड अवश्य हुन्छ । थाहा छैन तिमीसित कसरी भेट भो तिमी पनि 2021 जस्तै मेरो उजाड जीवनमा आएर हरियाली बनाउने कोशिश त गर्यौ म कति हरियाली भए तिमीले मुल्लाङ्कन गरेकी छौ । 

तिमीसँग बिताएका ति हरेक पलहरु अझै आशा बनिरहेको छ । भोलि के होला हिजो भएका ति सुन्दर पलहरुको सम्झनाले 
2021 पनि तिमी याद आइरहने छौ । तिम्रा हात समाएर आज यहाँ आए भोलिको दिन कसलाई के थाहा उकालो लाग्न छोड्नु चै हुन्न । 

तिमीसँग हरेक पल हरेक साँझ साथ रहु जस्तो त लाग्यो नि तिम्रो हात नै समाई सँगै सधै अंगालो बाँधी नै मन लागे पनि 
तिमीलाई मबाट टाढा हुन मन नहुदै पनि हिजोबाट तिमी म भन्दा पर गएरै छोड्यौ होइन रोक्नलाई त कति प्रयास मेरो जारी नै तर तिमी रोकी गइ नै रह्यौ मुटु माथी ढुंगा राखेझै भो मलाई तिमी मलाई छोडेर नै गइ हिड्यौ तिम्रो ईच्छामा त मेरो के लाग्छ र ? कति मायाका फूलहरु थुपारेको थिए कति शितहरु सँगालेको थिए ति सबै बियोग भै दियो तिमी गइ नै दियौ छोडी नै गयौ । 

तर पनि तिमीलाई मान्नु पर्छ वा क्या छौ तिमी आफुले साथ छोडे पनि तिमीले मुटुमा नै टाँसी राखेको मायालाई मलाई कुशुमे रुमाल रुपी माया 2021 लाई मेरो साथ छोडेर जाँदा तिमी महान रहेछौ भन्ने सोचेको छु । थाहा त छैन नै तिम्रो साथ हुदाँ बिताएका पल जस्तै बनाउन सकिन्छ कि आशा त छ । र पनि तिमी याद आइ रहने छौ । तिमीलाई मेरो माया रहने छ । तिमीले मेरो लागि गरेका धेरै छौ । थाहा छैन मैले तिमीलाई के दिए । 

Wednesday, November 18, 2020

for you My love (19 years marriage anniversary)

 

तिम्रो र मेरो यात्रा तौलिहवाबाट शुरु भयो । भैरहवा हुदैं बुटवल अनि परासी हुदैं तिम्रो पुरानो घर फेनहरा बेलाटारी,,, मोबाइल भन्दा अघि 078 को लाईनले जोडेको त्यो लाईन सालको मुढाबाट शुरु भै भैरहवा क्याम्पस अनि बुटवल बहुमुखी हुदैं आज सियोलसम्म आई पुग्दा 19 बसन्तहरु पार गरिएछ । 

प्यारो मायाका चिनोहरु लवसन(LOVESON) एलिसन (ALISON) नै रहेछ हाम्रो यो संसारका बहुमुल्य धनराशीहरु

अझ आउने दिनमा ति सुनौला यात्राहरुमा त निश्चय नै तिम्रो साथहरुका अपेक्षा गरेकै छु बिताएको ति पलहरु अझै पनि झलझली आँखामा आइरहन्छन् । जानि नजानि साटेका ति सुमधुर पलहरु मुटूका कण कणमा रहेका नै छन् ।


भन्छन माया त्यो हो जहाँ व्यक्त गरिएका मायाभन्दा व्यक्त नगरिएका ति मुटूका धडकनहरु अझ बलियो हुन्छन् रे । सायद मलाई लाग्छ मबाट व्यक्त नगरिएका मायामा कोशिलीहरु हुन सक्छन् ति तिमीले निश्चय नै बुझ्छौ नै हौलि ।

हरेक पल साथ रहदाँ भन्दा साथमा नहुदाँ अझ बढी यादहरु छाती भित्र गुम्सिएर बसि राख्ने रहेछ । 


 to be continued.....