समय र म
भन्छन् बेला एक पटक आउछ समयले कुर्दैन घडीको सुई घुमी घुमी त्यही ठाँउमा आए झै मान्छेको जोवन एक पटक फेरि फर्केर आए फेरि त्यस्ता गल्तिहरु गरिदैन थ्यो होला । भेट्नु पर्नेलाई भेटिन्थ्यो होला । समय दिनु पर्नेलाई दिइन्थ्यो होला । चित्त दुखाइएकालाई फेरि माफ गर है भनिन्थ्यो होला ।
सम्बन्धहरु फेरि बिगारिन्थे न होला । समय छनि भेटौला समय हुदाँ भन्दै जीवन कहिले टुन्गिने थाहा नहुने रहेछ । आज बल्ल थाहा पाए तिमी संसार मै रहेन छौ । अब आउदाँ तिमीसँग भेट्ने बिचार गरेको थिए । आमा सँग पैसा मागेर बिर्ता बजार गएर जुलेबी खाउला भन्ने सोचेको थिए तर तिमी त, जहिल्लै एक कदम अगाड़ी के बिहे पनि स्वर्ग पनि ।
तिमीलाई भेट्न जाँदा कुकुरले लखेटेको अझै याद आउछ यार ।
पन्डित बाजेको वरको बोटमा तिमी अगाड़ी हुदाँ मनमा कति कुरा हुदाँ नि बोल्नै सकिन नि हौ । समय हुदा नै बोल्न पर्छ रे भन्न पर्छ रे । तिमी नि बोलेनौ म नि बोलिन । समयलाई तिमीले नि बुझेनछौ ।
त्यसैले होला समयले पर्खिन्न भनेको, कति उस्तै दिनहरु र उस्तै रातहरु आए कति दिउसोहरु आए सबै एउटै नहुदाँ रहेछन् । एउटै लागे पनि कहि न कहि फरक त पर्दो रहेछ नै । देखा है पहेली बारमा तिम्रो घरको आगनमा नाचेको झल्झली याद आउछ नि । ति दिनहरु रमाइला नै थिए ।
रमाइला पलहरु भन्दा नि नरमाइला दिनहरु अझ बढी याद आउने रहेछन् । इमिली चोरेको बयर चोरेको आँप चोरेका दिनहरु मात्र सम्झना रुपी याद बनेर आउने रहेछन् । अब ति बदमासी गरेका दिनहरु फेरि गएर माफ माग्नु पर्ने । काश ति दिनहरु फेरि आउने भए
रोइनी खोला कस्तो भो होला, त्यो वरपिपलको बुटा पनि काटि सक्यो रे । हामी हिडेको ति आलीहरु पनि केहि छैन रे सब घर बनेर केहि छैन रे नामो निशान नै । तिमी हिलोमा लडेर स्कुलको ड्रेस हिलै हिलो भएको थियो नि त्यो दिन स्कुल जान ढिलो भएको नि । ए साच्चै तिमी त्यो स्कुलबाट देउसी भैलो खेलेको त्यो रात तिम्रो दाईले लिन नआएको भए तिमी कसरी घर जान्थ्यो होला है ।
समयले कोलाई कहाँ पुर्यायो तिमी बिहे गरि हाल्यौ म पढ्न शहर पसे पढाई SLC अनि IA हुदै डिग्रीसम्म पढे । र साथ साथै बिदेश पलायन भए । यतै सबै मेरो संसार बनाउन शुरु गरे । समयले कहाँ पुर्याउदो रहेछ । बितेका दिनहरु त फेरि फर्काउन सकिन्न तर बितेचा दिनहरुबाट धेरै कुरा सिक्न अवस्य सकिन्छ । तिमी जहाँ भए नि मलाई हेरेर ख़ुशी हुन्छौ हुदैनौ मलाई एकन त छैन । तर तिमीबाट धेरै कुरा सिकेको छु । पिडा भए नि ख़ुशी रहने तिमी सदा रमाइली छौ । रमाइली रहौ ख़ुशी रहेउ ।
गुनासो त एउटै मलाई जुन मैले पाए तिम्ले पाउन सकेनौ । समय हुदै तिमीलाई त्यो कुरा सुनाउन सकिन यहि नै मेरो निम्ति भूल भए झै लाग्छ । गल्ति भए झै लाग्छ १० बर्ष अघि घर जाँदा तिमीलाई मसँग भएको दिन पाएको भए । मलाई माफ गर ल ढिलो भए म सधैं ढिलो सधैं ने सधैं नै सम्झि रहे मुटुभरिको सम्झना है P
No comments:
Post a Comment