यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Wednesday, November 30, 2011

मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय


डायटिङ भन्ने बित्तिकै प्राय: मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय खाना कम खाने तथा व्यायामसँगै गर्ने भन्ने बिचार गर्छन, तर हालै हार्वर्ड बिश्वबिद्यालयको रिसर्चकर्ताहरुको टोलीले मोटापा घटाउने तथ्य सबैभन्दा असल उपाय पहिले व्यायाम गर्नु नै हो भनि पत्ता लगाएका छन् ।
शारिरीक गतिबिधि र खाने बानी बिच मिगुयल अलोंसो रिसर्चटोलीहरुका अनुसार एक-आपसमा गहिरो सम्बन्ध भएको बताउछन् ।
वजन घटाउनको लागि डेटाको बिश्लेषण अनुसार यो साबित भएको छ कि नियमित शारिरीक व्यायामका साथै खानाको पनि उत्तिकै जरुरी रहन्छ ।भला कि यदि तपाई व्यायामले शारिरीक वजन र खानको मेन्यु मिलाउन सक्नु भयो भने सफलतापूर्वक शरीरको वजन घटाउन सक्नु हुन्छ । साथै रिसर्चटोलीका अनुसार समय मिलाएर सधै व्यायाम गर्नाले शरीरमा बढी भएका बोसो मोटापा निष्कासन गर्न सकिन्छ ।

Tuesday, November 29, 2011

कोही लेख्छन

बाच्नकै लागी कोही लेख्छन गजल यहा
नाच्नकै लागी कोही लेख्छन गजल यहा

सीर्जना शक्ति के मेरो कम छ र ?
जाच्नकै लागी कोही लेख्छन गजल यहा
...
सोख धेरैको बिधा पिच्छे आफ्नो-आफ्नै अभिलेख
रच्नको लागी कोही लेख्छन गजल यहा

शोसक,सामन्तीको झाँगीएको जन्जीर
भाच्नको लागी कोही लेख्छन गजल यहा

Tuesday, November 22, 2011

गजल.....

सांझ बढ्यो मात चढ्यो, आवारा भए गल्लीहरु
न्यानो काख खोज्नेलाई, सर्बहारा भए गल्लीहरु।।


छुक छुक प्रभात सगै, राता, सेता,हरिया,पहेंला
दुई छाक टार्नेलाई ,सहारा भए गल्लीहरु।।

संसार मोहमा लिप्त भई, परिक्षा ठुलै दिनुपर्दा
दिनदहाडै भिड माझ, ज्यानमारा भए गल्लीहरु।।

शिर धेरै  बटुलिई,मेरै ठुला, बात मार्ने
आफ्नो जस्तै लाग्ने ,ढुङ्गेधारा भए गल्लीहरु।।
                                               
                              जितु बि.क द.कोरिया
 (  दोङदेमुन स्टेसन देखी AAMI   चर्च सम्मको
                गल्लीमा हुने घटना करम लाई बिषय मनेर)

Wednesday, September 14, 2011

जनजाति अगुवाहरुको प्रोफाइल

रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको  सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।

Wednesday, September 07, 2011

छैन यो कोरियामा

नेपालमा सोचेजस्तो छैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
 ज्यान फालेर कामगर्नु त्यो पनि १२ घन्टा
 कस्ले भन्छ छ भनेर चैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन कोरियामा  ।।
कुराको मात्र पौरखीलाई हैन रैछ यो देश त
 बग्छ पसिना पग्ले सरि मैन यो कोरियामा
 पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
कहिलेकाँहि लाग्छ मेरो देश नि यस्तै होस्
 बराबर छ सबैलाई ऐन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
                         - जितु
                    दक्षिण कोरिया (देवदह)

Monday, August 22, 2011

एकान्त प्रेमी एक्लै रुन्छ

कविता
रुन्छ उ एकान्तमा

वेदना आँसू सँगै पिई दिन्छ

हाँसो छैन उसको जिन्दगीमा

उदास भै एक्लै हिडिदिन्छ,

कुन्नि कहाँ बिरायो उसले

आज पराजित भै आफैँसगँ

रुने भैगो एकान्त प्रेमी

कहिलेकाँही भन्भुनाउँछ आफैसँग

 भावनामा बग्छ ऊ

कल्पनामा रमाउँछ

 सपनीमा हाँस्छ ऊ

बिपनीमा रुन्छ,

 एकान्त प्रेमी एक्लै रुन्छ

जीवन भोगाईका गोरेटाहरु सम्झन्छ अनि

 एकान्त प्रेमी एक्लै रुन्छ                                    
       The Help                         - गणेश (बिवश) कालिकोटे
                                                  दक्षिण कोरिया

Saturday, August 20, 2011

कोरियाको समुद्र अनि नेपाली कामदार >>>>

पहाडी मुलुक नेपालले समुद्रलाई छोएको छैन । समुद्रको बसाइसम्बन्धी ज्ञान नभएका नेपालीलाई एक्कासि समुद्रमा लगेर काम गराउँदा पहिले सामुदि्रक हावाको चाप नेपालीको शरीरले थेग्न सक्दैन, परिणामस्वरूप रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन् । जसरी बढी उचाइमा पुग्दा लेक लाग्छ, त्यसैगरी समुद्रमा काम गर्दा समुद्र लाग्छ । अर्को कुरा नेपालबाट कोरिया आएका अधिकांश नेपाली भर्खरै विश्वविद्यालयको पढाइ सकेका वा पढ्दै गरेका विद्यार्थी छन् । तीमध्ये अधिकांश लाउन-खान पुग्ने परिवारकै सदस्य छन्, जसलाई कडाभन्दा कडा मिहिनेत गर्ने बानी परेको हुँदैन ।

Thursday, August 04, 2011

कोरीया अझै लगातर बर्षा,,,,

सऊल
मानिसको जीवनमा नभै नहुने एक महत्वपूर्ण चिजको रुपमा हामी पानीलाई मान्दछौं । हामीले पानीलाई बिभिन्न तरिकाले उपभोग गर्दछौं । जस्तै नुहाउने , पिउने , धुने , सफा गर्ने , सिंचाई गर्ने , बिजुली उत्पादन गर्ने ,कोठा तताउने जस्ता काममा प्रयोग गर्दछौं । त्यस्तै पानी आउने स्रोत पनि बिभिन्न छन । मूलको पानी समुन्द्रको पानी खोलाको पानी अनेक छन ।

Thursday, July 28, 2011

कोरीयामा बर्षाका कारण ४७ को मृत्यु , १७ लापत्ता

 २०११।७।२८ बिहिबार
बर्षायाममा पानी पर्नु कुनै अचम्मको कुरा त होइन , तर आकाशबाट पर्ने पानीका बिभिन्न किसिमका रुप हुन्छन कति हामीले सिमसिमे बर्षा भन्छौ ,
कहिले त्यहि बर्षालाई झरि भन्छौ भने कहिले मुसल्धारे बर्षाका नामले चिन्दछौ । चीनी धेरै खाँदा तितो हुन्छ भने झै बर्षा पनि आवश्वयकता भन्दा बढी पर्यो भने त्यसलाई महामारीकै नाम दिइ कुनै बिपत्तिनै ठान्न बाध्य हुन्छौ । यसतो बिपत्तिले गर्दा मानिस जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसैले केहि समय अगाडीदेखि मुसलधारे बर्षाका कारण कोरीयामा जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको तथ्याङ्क अनुसार  ४७ जनाले ज्यान गुमाएका छन भने १७ जना लापत्ता भएका छन । कोरीयामा रहेका घर भत्किएका छन । हाइवेनै पानी नै पानी भएको छ बाटोमा गाडीहरु ६००० को संख्यामा गुड्दा गुड्दै रोकिन बाध्य भएका छन । अहिलेसम्म बर्षा ४००mm परेको  थियो  भने अझै  २५०mm पर्ने मौसम बिभागले जानकारी दिएका छन ।

Saturday, July 02, 2011

चार आत्मिक नियमबारे सुन्नुभएको छ कि -

सारा जगत् प्राकृतिक नियमभित्र रहेजस्तै तपाईं र परमेश्वरको सम्बन्ध पनि आत्मिक नियमभित्र रहेको हुन्छ ।

परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहासग तपाईंको जीवनको निम्ति उदेकको सुन्दर योजना छ ।

1.परमेश्वरको प्रेम
"परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहांले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहांमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" -यूहन्ना ३:१६ ।

परमेश्वरको योजना
येशू ख्रीष्ट भन्नुहुन्छ - "म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आए" -युहून्ना १०:१० ।

तर मानिसहरूमा किन यस्तो प्रशस्तको जीवन छैन - किनभने...

 मानिस पापी छ, यसैले ऊ परमेश्वरदेखि अलग भएको छ । पापैको कारण उसले परमेश्वरको प्रेम र योजना चाल पाउन सक्तैन ।