आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Friday, September 24, 2021

जीवन परिवर्तन गर्ने शब्द

 जसरी गोदाममा धान चामल भण्डार गरिएको छ भने गोदामबाट त्यहि धान चामलनै पाउनुहुन्छ र जौ गोदामबाट जौ नै आउँछ । हाम्रो हृदयमा जे भरिएका छन् हाम्रो बोलीबचनमा पनि त्यहि शब्दको रूपमा बाहिर आउँछ । तपाईले हृदयमा जे राख्नुभएको हुन्छ त्यहि तपाईको मुखबाट निस्कन्छ। के मेरो हृदयको गोदामहरू राम्रा र धार्मिक विचारहरूले भरिएका छन् ? म हरेक दिन मेरो मुटुको भण्डारमा जे हेर्छु र त्यसलाई राम्रो, असल, पवित्र आत्मा, पवित्र वचनले भर्दछु तब म आफ्नो मनलाई प्रेमको हृदय र असल हृदयले खोल्छु, र जब म बोल्दछु राम्रो कुरा जुन मेरो हृदयमा संकलित हुन्छ सँधै त्यहि बाहिर आउँछ। म आशा गर्दछु कि तपाईं र मेरो मुख खोल्दा तपाई र म अरूलाई खुशी पार्न, अरूलाई बचाउन र अरूलाई उठाउन सक्ने बोली आउने सन्तहरू हुनुहुनेछ ।

हामीहरु कति यस्ता पनि हुन्छौ जो नकारात्मक कुरा गर्छन जस्तै हुदैन तिमीले कहाँ गर्न सक्छौ कति छन त्यस्तो काम गर्ने कम्पिटेसन छ । मैले गरे भएन तिमीले कहाँ गर्न सक्छौ । त्त्यसताहरुबाट दूर बस जस्ले तिमीलाई आत्मबल घटाउछ । यस्तोसँग संगत गर जस्ले आत्मबल बढाओस् । 

मानिसका लागि आफ्नो हृदय र बिचारलाई पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो छ तर परमेश्वरले हाम्रो हृदय र दिमागी बिचारलाई नियन्त्रण गर्न अनुग्रह दिनुभएको छ। जब तपाईं आफ्नो हृदय र दिमागमा प्रभुमा सुन्नुहुन्छ, तपाईं शब्दहरूबाट प्रभावित हुन थाल्नुहुन्छ र तिनीहरुले तपाईलाई प्रभुत्व गर्नेछ।


 तराई मै जन्मे र हुर्केको म

पहाड़को काख र हिमालको सिरानको चाह गर्छ यो मन,

जीबनका पाइलाहरुले जहाँ नै मलाई लतारे पनि

त्यहि तराईको तातो हावा र टन्टलापुरे घामकै चाह गरि रहन्छ यो मन,
त्यसैले होला यी आँखाले यी उजाड भूमीमा पनि

त्यही हरियाली त्यही पहाड़ी काख हिमालको चिसो हावा नै खोजि रहन्छ यो मन

Featured Post

F-2-99 비자로 체류 자격 변경

 F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...

धेरै हेरिएको