पहाडी मुलुक नेपालले समुद्रलाई छोएको छैन । समुद्रको बसाइसम्बन्धी ज्ञान नभएका नेपालीलाई एक्कासि समुद्रमा लगेर काम गराउँदा पहिले सामुदि्रक हावाको चाप नेपालीको शरीरले थेग्न सक्दैन, परिणामस्वरूप रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन् । जसरी बढी उचाइमा पुग्दा लेक लाग्छ, त्यसैगरी समुद्रमा काम गर्दा समुद्र लाग्छ । अर्को कुरा नेपालबाट कोरिया आएका अधिकांश नेपाली भर्खरै विश्वविद्यालयको पढाइ सकेका वा पढ्दै गरेका विद्यार्थी छन् । तीमध्ये अधिकांश लाउन-खान पुग्ने परिवारकै सदस्य छन्, जसलाई कडाभन्दा कडा मिहिनेत गर्ने बानी परेको हुँदैन ।
यो महिनाको बाइबल पद
Saturday, August 20, 2011
Thursday, August 04, 2011
कोरीया अझै लगातर बर्षा,,,,
सऊल
मानिसको जीवनमा नभै नहुने एक महत्वपूर्ण चिजको रुपमा हामी पानीलाई मान्दछौं । हामीले पानीलाई बिभिन्न तरिकाले उपभोग गर्दछौं । जस्तै नुहाउने , पिउने , धुने , सफा गर्ने , सिंचाई गर्ने , बिजुली उत्पादन गर्ने ,कोठा तताउने जस्ता काममा प्रयोग गर्दछौं । त्यस्तै पानी आउने स्रोत पनि बिभिन्न छन । मूलको पानी समुन्द्रको पानी खोलाको पानी अनेक छन ।
Thursday, July 28, 2011
कोरीयामा बर्षाका कारण ४७ को मृत्यु , १७ लापत्ता
२०११।७।२८ बिहिबार
बर्षायाममा पानी पर्नु कुनै अचम्मको कुरा त होइन , तर आकाशबाट पर्ने पानीका बिभिन्न किसिमका रुप हुन्छन कति हामीले सिमसिमे बर्षा भन्छौ ,
कहिले त्यहि बर्षालाई झरि भन्छौ भने कहिले मुसल्धारे बर्षाका नामले चिन्दछौ । चीनी धेरै खाँदा तितो हुन्छ भने झै बर्षा पनि आवश्वयकता भन्दा बढी पर्यो भने त्यसलाई महामारीकै नाम दिइ कुनै बिपत्तिनै ठान्न बाध्य हुन्छौ । यसतो बिपत्तिले गर्दा मानिस जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसैले केहि समय अगाडीदेखि मुसलधारे बर्षाका कारण कोरीयामा जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको तथ्याङ्क अनुसार ४७ जनाले ज्यान गुमाएका छन भने १७ जना लापत्ता भएका छन । कोरीयामा रहेका घर भत्किएका छन । हाइवेनै पानी नै पानी भएको छ बाटोमा गाडीहरु ६००० को संख्यामा गुड्दा गुड्दै रोकिन बाध्य भएका छन । अहिलेसम्म बर्षा ४००mm परेको थियो भने अझै २५०mm पर्ने मौसम बिभागले जानकारी दिएका छन ।
Subscribe to:
Comments (Atom)