रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।
यो महिनाको बाइबल पद
Wednesday, September 14, 2011
Wednesday, September 07, 2011
छैन यो कोरियामा
नेपालमा सोचेजस्तो छैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
ज्यान फालेर कामगर्नु त्यो पनि १२ घन्टा
कस्ले भन्छ छ भनेर चैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन कोरियामा ।।
कुराको मात्र पौरखीलाई हैन रैछ यो देश त
बग्छ पसिना पग्ले सरि मैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
कहिलेकाँहि लाग्छ मेरो देश नि यस्तै होस्
बराबर छ सबैलाई ऐन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
- जितु
दक्षिण कोरिया (देवदह)
- जितु
दक्षिण कोरिया (देवदह)
Subscribe to:
Comments (Atom)