यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Friday, October 01, 2010

होसियार !!!!! फेसबूक फेसबूक>>>>

छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।

Thursday, September 30, 2010

कोरीया कोरीया

काठमाडौं, असोज १४
 रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षामा सहभागी भएकाको नतिजा बिहीबार सार्वजनिक भएको छ। भाषा परीक्षामा सहभागी भएका मध्ये ४ हजार १ सय ८० जना उत्तीर्ण भएका छन्।
दक्षिण कोरियाको भाषा परीक्षा भदौ १२ र १३ गते भएको थियो।

'भाषा परीक्षामा सहभागी भएका ३६ हजार १ सय

Tuesday, June 22, 2010

देशभन्दा ठूलो

जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट। अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई

Sunday, June 20, 2010

मनिषाको धुमधाम बिहे

काठमाडौं, असार ५ — बलिउड अभिनेत्री **Manisha Koirala**को विवाह समारोह काठमाडौंस्थित Gokarna
Forest Resort
मा भव्य रूपमा सम्पन्न भएको छ। सम्राट दाहालसँगको विवाह आज बिहान ११ बजेको साइतमा सम्पन्न भएको हो।

विवाहअघिको स्वयम्बर तथा सिंगार समारोह शुक्रबार अपराह्न आयोजना गरिएको थियो। परम्परागत नेपाली शैलीमा सम्पन्न कार्यक्रममा मनिषा नेपाली दुलहीको भेषमा देखिएकी थिइन्। कार्यक्रममा कोइराला परिवारका आफन्त तथा निकटजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वर पक्षले ४५ वटा “साइपाटा” ल्याएको थियो। साइपाटा ल्याउनेलाई मनिषाले स्वयं टिका लगाई दक्षिणा दिएकी थिइन् भने अन्य सहभागीलाई उनका दाजु सिद्धार्थ कोइरालाले टिका लगाएका थिए।

🎬 बलिउड कलाकारहरूको उपस्थिति

स्वयम्बर समारोहमा भारतीय फिल्म उद्योगका केही चर्चित कलाकारहरू पनि सहभागी भएका थिए। उपस्थित कलाकारहरूमा Vivek Mushran, Suman Ranganathan, Delnaaz Paul तथा गोविन्दाकी पत्नी Sunita Ahuja रहेका थिए।

परिवार स्रोतका अनुसार Urmila Matondkar, Pooja Bhatt, Rani Mukerji, Govinda, Shahid Kapoor, Jackie ShroffGulshan Grover लगायत कलाकारहरूलाई पनि निम्ता पठाइएको जानकारी दिइएको छ।

Tuesday, June 15, 2010

कामदारको रहस्यमय मृत्यु, निवास तोडफोड, बुटवल तनावमा

बुटवल, जेठ ३१
 लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवलमा तनाव भएको छ। स्थानीय र पीडित परिवारले डक्टर परिवारले यातना दिएर हत्या गरेको भन्दै नाराबाजी र डा. निवासमा तोडफोडसमेत गरे। तोडफोडका क्रममा उत्तेजित भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनलाई पक्राउ गरेको छ। बुटवल वडा नं. १० स्थित कुसुमपथमा रहेको डा. सिंहको निवासमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गर्दा घरको झ्यालका शिशा फुटेका छन्।  प्रदर्शनकारी र प्रहरीबीचको झडपमा तीन प्रहरीसहित एक दर्जन घाइते भएका छन्।

Friday, June 11, 2010

नेपालमा पनि स्वाइनफ्लुको भ्याक्सिन आउने


नेपाल समाचारपत्र, (काठमाडौं), 
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका तीन जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा साचार केन्द्रले जनाएको थियो। विश्व स्वास्थ्य संगठनले गत वर्ष जुन ११ मा एचवान एनवान महामारी घोषणा गर्दै सबै राष्ट्रका जनतालाई उच्च सतर्कता अपनाउनसमेत सचेत गरेको लगत्तै नेपालमा पनि स्वाइनफ्लु अर्थात्